सप्तरीमा एकैदिन पानीमा डुबेर तीन जनाको मृत्यु

file photo

राजविराज, ५ असोज । सप्तरीमा एकै दिन पानीमा डुबेर दुई वालिकासहित तीन जनाको मृत्यु भएको छ । तिलाठी कोइरलाडी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिकामा मंगलबार छुट्टाछुट्टै घटना भएको हो ।

तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका भतो मंसुरीकी १२ वर्षीया छोरी सवना खातुनको नहरमा पानीमा डुबेर मृत्यु भएको छ । नहरमा कपडा धुने क्रममा डुबेर सवनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसैगरी खडक नगरपालिका–८ मुसहरनियाका राजेश कुमार चौधरीकी ३ वर्षीया छोरी एलिजा कुमारी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । आफ्नै घरको नजिकै रहेको पोखरीमा नुहाउने क्रममा एलिजा डुबेर चिकिस्त भएकी थिइन् । उपचारको लागि सप्तऋषी अस्पताल लहानतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

यसैगरी महादेवा गाउँपालिका–४ पर्साहीका अमृत सदाकी ३० वर्षीया छोरी लक्षण कुमारी सदाको पनि पोखरीमै डुबेर मृत्यु भएको छ । भाँडा मस्काउन पोखरीमा गएकी लक्षणको लडेर मृत्यु भएको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस