नेपालमा एक सय ८३ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ, प्रदेश २ मा सवैभन्दा बढी

क्रोना चेकजाचमा खटिएका डाक्टरहरु

जनकपुरधाम, २७ साउन । नेपालमा हालसम्म एक सय ८३ जना स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि अग्र पंतिमा रहेर काम गरिरहेका एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जसमा ६० महिला र एक सय २३ जना पुरुष छन् । संक्रमित स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ मा २० महिला तथा ५८ पुरुष गरी ७८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा १३ महिला र १४ पुरुष गरी २७, कर्णाली प्रदेशमा ६ महिला र १६ पुरुष गरी २२, गण्डकी प्रदेशमा ६ महिला र १४ पुरुष गरी २० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बागमती प्रदेशमा ८ महिला र ८ पुरुष गरी १६, प्रदेश नम्बर ५ मा ६ महिला र ६ पुरुष गरी १२ र प्रदेश नम्बर १ मा १ महिला र ७ पुरुष गरी ८ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकात्मक तस्बिर।

Author:



क्याटोगरी छान्‍नुहोस