एसिड पीडित मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको निर्णय

जनकपुरधाम । प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले रु दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा रु तीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780