सप्तरीबाट वाढीमा वगेर वेपत्ताः नौ दिनपछि भारतमा भेटियो युवकको शव

राजविराज, ११ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित बाढीले कटान गरेको सडक तर्ने क्रममा वेपत्ता भएका युवकको शव फेला परेको छ ।

वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सो सडक कटान भएको थियो । गत बुधवार (कार्तिक ३ गते) बाढी तर्ने क्रममा सोही नगरपालिका–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल वेपत्ता भएका थिए ।

नौ दिनपछि आज (विहिवार) विहान उनको शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

‘युवक वेपत्ता भएसँगै हामीले खोजी कार्य जारी राखेका थियौ भने युवक बगेर भारततर्फ पुगेको हुनसक्ने आशंकाले भारततर्फका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौ’ उनले मधेशलाइभसँग भने–‘सोही क्रममा उनको शव फेला परेको हो ।’

शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस