जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । चार हजार ८४४ वटा नमुनाको परीक्षण गर्दा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।
यो अवधिमा ६४९ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ४१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।