सप्तरीमा कार्यरत डीएसपी तिमिल्सिनाको निधन

राजविराज । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा उनको विहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी भएका डीएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । त्यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट प्रहरी अस्पताल पुर्याइएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । उनी भक्तपुर निवासी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस