धनुषामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

जनकपुरधाम । धनुषास्थित कमला नदीमा कात्तिक स्नान गर्न आएका श्रद्धालु भक्तजनको दुर्घटनामा मृत्यु भएको छ । कमला नदीमा स्नान गर्न भारतबाट धनुषामा आइरहेका श्रद्धालु भक्तजनको ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी १८ जना घाइते समेत भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जनाए । उनका अनुसार ओभरटेक गर्ने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।

बिहीबार साँझ विदेह नगरपालिका वडा नम्बर ७ स्थित बेलापट्टीमा ट्याक्टर पल्टिएको हो ।

सो दुर्घटनामा परी भारत विहार राज्य सीतामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

अन्य १८ जना घाइतेको उपचार भइरहेको प्रवक्ता बस्नेतले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस