छ वटा निर्माण कम्पनी कालोसूचीमा

जनकपुर, २३ मंसिर। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । हिजो (बुधबार) बसेको बैठकले आजदेखि लागू हुने गरी ६ वटा निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार काठमाडौँका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि कालोसूचीमा परेका छन् ।

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई÷दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।

ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

press bigyapti 12-09-2021
Author:



क्याटोगरी छान्‍नुहोस