एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला

जनकपुरधाम, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव क्वार्टरमै झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे।

खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइएपछि झ्यालको खापाबाट हेर्दा झुन्डिएको अवस्थामा पाइएको उनले बताए ।

उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस