मिसेज नेपाल वर्ल्डको फाइनल उपाधि काठमाण्डौकी दीक्षा केसीलाई

जनकपुरधाम । विवाहित महिलाको नेपालकै सबभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन्।

राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी हुन् ।

उपाधि विजेता केसीले ग्लायलेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासनको उप उपाधिलाई पनि जितेकी छिन। वाइवाइ मिसेस नेपाल वल्र्डको उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

यसै वर्षदेखि वाइवाइ मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।

प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इंटरनेसनल र पविता गिरी एमएस इंटरनेसनल भए। उनीहरुले उपाधि चुमेवापत सन् २०२२ मा सिङ्गापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन्। उषा रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको विजेता पनि भइन्।

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप र मनीता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप भए।

कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। उनको सम्मानमा विनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेकी थिए। यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसाराणको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस