राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा दुई पदमा ६ जनाको उम्मेदवारी

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा ६ जनाको उम्मेदवारी परेको छ। दुई पदका लागि हुने निर्वाचनका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १र१ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सबै उम्मेदवारले उमेदवारी दर्ता गराएका हुन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावक नगिना यादव रहेकी छन् भने सीता साह समर्थक रहेकी छन् ।

जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन्।

लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उमेदवारी दर्ता गराएका छन्।

एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस