राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गरेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिँदै भने– ‘अन्य ऐतिहासिक सामग्री पनि प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।’

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राखिएको जानकारी गराएकाे नेपाल समाचारपत्रमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस