सप्तरीका एक चिकित्सकसहित दुई जनामा कोरोना पुष्टि

राजविराज, २६ पुस । सप्तरीमा एक चिकित्सकसहित दुई जनामा सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त दुनियालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालका इर्मेजेन्सी वार्डका एक जना चिकित्सक र तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सप्तरीमा आरटी पिसीआर परीक्षणबाट २ हजार ३८ र एन्टिजेन परीक्षणबाट ४२० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । हाल दुवै सक्रिय संक्रमित आइसोलेसनमा रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस