जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री राउत

जनकपुरधाम, २६ पुस । मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन ।

‘ग्रामीण जनताको आयस्तर उकास्नुका साथै उनीहरुको जीवनशैली परिवर्तनमा पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउदै’ मुख्यमन्त्री राउतले भने– ‘थोरै पूँजीलाई एकत्रित गरेर आमजनताले सहकारीमार्फत लाभान्वित भइरहेको छ ।’

‘सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी गर्नु आवश्यक रहेको बताउदै’ उनले थपे– ‘उक्त लगानीबाट अझै बढी जनता लाभान्वित हुन्छ ।’

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा आयोजना गरिएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजमा गर्नुपर्ने योगदान अझै गर्न नसकेको बताए । सहकारीमा अहिले बढेको विकृतिलाई हटाए मात्रै समाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुन सक्ने उनको भनाई थियो ।

सो अवसरमा अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७७।०७८ आय व्यय विवरण प्रस्तुत गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस