प्रदेश २ को नामकरण र स्थायी राजधानीकालागि मतदान हुने

जनकपुरधाम, २७ पुस । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार सभामा पेश भएका नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिनेछ ।

सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको बताइएको छ । यसअघि प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न सभामुख यादवको संयोजकत्वमा संसदीय समिति गठन गरिएको थियो ।

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेपछि मतदान गरिने जनाएको छ ।

माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने कुरामा सबै संसदीय दलसँग सहमति भएको सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस