डिसीसीएमसीको निर्णय भएन कार्यान्वयनः कोभिडमा हजारौंको भिड !

राजविराज, ३० पुस । बढ्दो कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्न संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार सरकारले भिडभाड नगर्न र भौतिक दूरी कायम गर्ने÷गराउने निर्णय गरेको छ ।

सो निर्णय अनुसार नै गत मंगलबार जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सप्तरीको बसेको बैठकले कोभिड नियन्त्रण गर्न २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव, सभा, जुलुसको आयोजना नगर्न÷नगराउन लगायत ११ बुँदे निर्णय गरेको छ । तर, सो जनस्वास्थ्यसँग जोडिएका निर्णय भने जिल्लामा लागू भएको देखिँदैन ।

आज (शुक्रवार) सदरमुकाम राजविराजमै डा.सीके राउत नेतृत्वको जनमत पार्टीका दुई हजारभन्दा बढी नेता÷कार्यकर्ताहरु सहभागी भएर जुलुस निकालेका छन् । पार्टीको पूर्व निर्धारित कार्यक्रमअनुसार १३ बुँदे मागसहित उनीहरुले जुलुस निकालेका हुन् ।

रंगशालाबाट निकालिएको सो जुलुसले बजारभरि परिक्रमा गरेको छ । बढ्दै गएको कोभिडको बेला भिडैभिड गरेर निकालिएको सो जुलुसले संक्रमणको उच्च जोखिम बढेको छ । यद्यपी, डिसीसीएमसीलाई कुनै चासो नरहेको सर्वसाधारणहरु बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस