सप्तरीमा कोरोना संक्रमणको यस्तो छ अवस्था [स्थानीय तहअनुसार]

राजविराज । सप्तरीका १८ वटै स्थानीय तहमा हालसम्म ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ९२ महिला र ५७९ पुरुष गरी कुल ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ४९ महिला र ४१० पुरुष गरी कुल ४५९ जना निको भएर घर फर्किएको कार्यालयको तथ्यांकमा छ ।

सप्तरीमा हालसम्म स्वास्थ्य कार्यालयले ९ हजार ९४४ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षण गराएको छ भने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले १ हजार ५८४ जनाको स्वाब संकलन गरी परीक्षण गराएको स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादवले मधेश लाइभलाई जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयले गराएको परीक्षणमध्ये ८ हजार ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अस्पतालले परीक्षण गरेकामध्ये १ हजार ५८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार २८६ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख यादवले बताए ।

स्थानीय तहमा संक्रमणको अवस्थाः

स्वास्थ्य कार्यालय सप्तरीको विवरण ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस