नेपालको शिक्षा सुधार गर्न साढे नौ खर्ब रुपैयाँ खर्च हुँदै

काठमाडौं, ३ माघ । सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना (ईएसपी) कार्यान्वयन गर्ने भएको छ । विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुनेछ ।

२०७९ सालसम्ममा नेपाललाई विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गर्ने लक्ष्यलाई कार्यान्वयन गर्न यो नयाँ योजना कार्यान्वयन गर्ने चरणमा रहेको मन्त्रालयले बताएको छ । गत वर्ष समाप्त भएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) प्राविधिका कारण आगामी असार मसान्तसम्म चालू रहने भएकाले ईएसपी साउन १ गतेबाट लागू हुने मन्त्रालयले जनाएको छ ।

यो परियोजनाअन्तर्गत दातृ निकायले करिब ९२ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो योजनाका लागि नेपाल सरकारले करिब ८ खर्ब ३३ अर्ब रुपैयाँ खर्च गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस