राष्ट्रिय सभा निर्वाचनः मधेश प्रदेशमा लोसपा र एमालेबीच तालमेल

जनकपुरधाम, ६ माघ । मधेश प्रदेशका विपक्षी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेले राष्ट्रिय सभाको निर्वाचनका लागि तालमेल गरेको छ । आज (बिहीबार) धनुषाको जनकपुरमा दुवैबीच तालमेलको सहमति भएको हो ।

सहमतिपत्रमा लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले हस्ताक्षर गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यहरु चुन्न माघ १२ गते निर्वाचन हुँदैछ ।

मधेश प्रदेशबाट राष्ट्रिय सभामा चुनिने २ सदस्य (अन्य र महिला)का लागि दुवै पार्टीले भागबण्डा गरेका हुन् । अन्य तर्फको सदस्यमा एमाले र महिला तर्फको उम्मेदवारमा लोसपाका उम्मेदवारलाई मतदान गर्ने २ पार्टीबीच सहमति भएको छ । प्रदेशबाट अन्यमा एमाले उम्मेदवार उसमान अंसारी र महिलामा लोसपाका उम्मेदवार रुपा कुमारी यादव छन् ।

हेर्नुस् सहमतिपत्र:

Author:



क्याटोगरी छान्‍नुहोस