धनुषामा झण्डै साढे चार सय सक्रिय संक्रमित

धनुषा, ११ माघ । धनुषामा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या झण्डै साढे चार सय पुगेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार आज थप ३४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमा ३४ जना संक्रमित देखिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३१ पुगेको हो ।

ती सबै संक्रमितहरु होम आइसोलेसनमा छन् । त्यस्तै आज २२ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस