जनकपुरधाम । आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस ।नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी याे दिवस मनाइँदैछ ।
हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ । पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपाली युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ ।
इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ ।
गाउँघरमा भन्दा शहरी क्षेत्रमा प्रणय दिवसको चर्चा बढी हुन्छ । गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आजका दिन फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन् ।