खैरो हिरोइनसहित युवक पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थितबाट खैरो हिरोईनसहित एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन ।

प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले सोमवार राति पैदलयात्री तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको एक ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

तामाङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस