सप्तरी, सर्लाही र रौतहटका अति विपन्नलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिने

जनकपुरधाम । मधेश प्रदेशका तीन जिल्लाका अति विपन्न परिवारलाई ग्यास चुल्हो र ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराइने भएको छ ।

भारतीय दूतावासको सहयोगमा सप्तरी, सर्लाही र रौतहटका अति विपन्न परिवारलाई सो सामग्री वितरण गर्न लागेको हो । सो सामग्री वितरण गर्नका लागि भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सामग्री विवरण गर्नका लागि दूतावासले दुई करोड ५ लाख रुपैयाँ उपलब्ध गराइने र तीन वटै जिल्लाका झण्डै ३ हजार परिवारलाई सामग्री वितरण गरिने समाजकी अध्यक्ष एवम् सांसद चन्दा चौधरीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780