प्रहरीको हत्या घटनाका दोषीमाथि कडा कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । आज मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन् । लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताए । वैशाख ३० मा स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकोले कुनै शंका नगर्न आग्रह देउवाको आग्रह छ ।

Author:



क्याटोगरी छान्‍नुहोस