स्थानीय तहको निर्वाचनमा सबै जिल्लामा फरक फरक मतपत्र

जनकपुरधाम । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।

आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ,’ आयोग उच्च स्रोतले भन्यो ।

आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । ‘मतपत्रमा निर्वाचन चिह्नलाई चार खण्डमा राखिनेछ, राष्ट्रिय स्तरका दलका मतपत्र एक खण्डमा, जिल्लामा रहेका दलका र स्वतन्त्र उम्मेदवारका चिह्न फरक फरक खण्डमा रहनेछन्,’ आयोगको स्रोतले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलका निर्वाचन चिह्न भने ७७ जिल्लाका ७ सय ५३ वटै पालिकामा पुर्‍याइने मतपत्रमा रहनेछन् ।

दोस्रो खण्डमा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ भाग लिएका र अहिलेको निर्वाचनमा दलदर्ता गरेकाको निर्वाचन चिह्न रहनेछन् । यसैगरी तेस्रो खण्डमा २०७४ सालको निर्वाचनपछि दल दर्ता भई यो निर्वाचनमा भाग लिन दर्ता भएका दल र स्वतन्त्र निर्वाचन चिह्न रहेकाको चिह्न रहनेछ । आयोगले जिल्लामा रहेका दलको जिल्लागत विवरण माग गरेर ७७ वटै जिल्लामा रहेको संरचनाको विषयमा छानबिन गरी निर्णय गरेको हो । जिल्लामा संरचना नभएका तर दलका रूपमा दर्ता भएका पार्टी र स्वतन्त्र उम्मेदवारलाई अन्य निर्वाचन चिह्न दिनेगरी मतपत्रको डिजाइन तयार गरिएको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780