विराटनगर । सुनसरीको ईटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । ईटहरी १५ मधेसा स्थित खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा बच्चु चौधरीको ५ बर्षीय छोरा रोहित चौधरीको डुबेर बालकको मृत्यु भएको हो ।
पोखरीमा डुबेर गम्भीर घाइते भएको बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।