जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ मा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मृतक र घाइते सबै १५ वर्ष मुनीका छन् । उनीहरु एउटै मोटरसाइकलमा सवार रहेको बेला दुर्घटना भएको छ ।
ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुंदा सबैला नगरपालिका २ का १५ बर्षीय राहुल यादव, १२ बर्षीयका लक्ष्मी यादव, १४ वर्षीय बौका भनिने विकास यादव र १४ बर्षकै सुमित यादवको मृत्यू भएको इलाका प्रहरी कार्यालय सबैलाका ईन्सपेक्टर राजकुमार लुइँटेलले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइयो । तर अस्पतालले चार जनालाई मृत घोषणा गरिसकेको छ । घाइते सबैला २ का १९ बर्षीय सुरेन्द्र यादवको उपचार भइरहेको छ ।
तिब्र गतिमा मोटरसाइकल गुडाउदा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान गरिरहेको ईन्सपेक्टर लुइँटेलले बताए ।