आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक विदा

जनकपुरधाम । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशैभर मनाइँदैछ । हरेक वर्ष नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मानिन्छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन मधेशसहित देशभरका विभिन्न राममन्दिरहरुमा मेला लाग्ने गरेको छ । आजका दिन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस