साइकल खरिद गर्न छात्राकै खातामा पैसा हस्तान्तरण गरिने

जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी वर्षदेखि ८ कक्षामा अध्ययनरत छात्रालाई साइकल खरिदका लागि सोझैं छात्राको खातामा अनुदान रकम हस्तान्तरण गर्ने भएको छ ।

मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बुधवार आर्थिक वर्ष ०७९।०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी दिएका हुन् ।

उनले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सम्वन्धित विद्यालयका प्रधानाध्यपाकको सिफासमा सो रकम छात्राको खातामा हस्तान्तर गरिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस