मिटरब्याजीहरुलाई हदैसम्मको दण्ड दिनुपर्छ, ताकी पीडितहरुलाई हतियार उठाउनु नपरोस्ः पूर्व मन्त्री यादव

राजविराज, २ असार । पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवले मिटरब्याजी–सुदखोरहरुलाई हदैसम्मको दण्ड दिनुपर्ने बताएका छन् । उनले विहिवार सामाजिक सञ्जालमार्फत मिटरब्याजी–सुदखोरहरुलाई कानूनअनुसार हदैसम्मको दण्ड दिनुपर्ने बताएका हुन् ।

उनले उनीहरुलाई दण्ड दिन थप कानून आवयश्यक परे त्यो सरकारले बनाउनुपर्नेमा जोड दिए । ‘मिटरब्याजी–सुदखोरहरुले उठिबास गराउँदै छन । कानुनी उपचारबाट हुन सक्ने जति दण्ड मिटरब्याजी–सुदखोरहरुलाई दिनैपर्छ । थप कानुन बनाउनु परेपनि सरकारले बनाउनुपर्छ ।’ उनले लेखेका छन् ।

नेकपा माओवादी केन्द्रका सप्तरी जिल्ला अध्यक्ष समेत पूर्व मन्त्री यादवले ताकी पीडितहरुलाई उठिवास हुनु नपरोस् र डिप्रेशनको शिकार भएर आत्महत्या गर्न नपरोस् भनेर उल्लेख गरे । ‘ताकी पीडितहरुलाई उठिबास हुन नपरोस्, बिस्थापित हुन नपरोस्, डिप्रेसनको शिकार हुन नपरोस्, आत्महत्या गर्न नपरोस् वा पीडितहरुलाई हतियार उठाउन नपरोस् ।’

उनले मिटरब्याजीहरुको पैसा लगानी रहेको ठाउँबाट बाहिर ल्याउनुपर्नेमा जोड दिँदै अन्य भित्रि तथ्यहरु पनि बाहिर आउन जरुरी रहेको बताए ।

‘सरकारी/गैर सरकारी बितिय संस्थाहरु वा अन्य क्षेत्रमा कहाँ कहाँ लगानी छ ? यो कुरा पनि बाहिर आउनुपर्छ । जनताहरु मिटरब्याजी, सुदखोर कहाँ किन जान बाध्य छन? सरकारी वितिय संस्था÷गैर सरकारी बितिय संस्थाको बाढी नै आएको बेला यी मिटर ब्याजी, सुदखोरहरु कसरी आतंक बन्न पुग्यो? भन्ने तर्फका भित्री तथ्यहरु समेत बाहिर आउन जरुरी छ ।’ उनको स्टाट्समा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस