मधेश प्रदेशसहित देशका केही स्थानमा भारी वर्षाको सम्भावना

जनकपुरधाम, ३ असार । देशको प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव देखिएको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा समेत भइरहेको जनाएको छ ।

दिउँसो भने प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदली हुने भएको छ । साथै प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती भने प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू–भागमा भने आंशिकदेखि सामान्य बदली हुनेभएको छ । त्यस्तै, प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएको छ ।

त्यस्तै, प्रदेश–१ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस