जनताका पक्षमा समर्पित भई कामकाज गर्न प्रम देउवाको निर्देशन

महेन्द्रनगर, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका पक्षमा समर्पित भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

शुक्रवार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न उनले आग्रह पनि गरे । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस