सप्तरीका तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी राख्ने निर्णय

राजविराज । सप्तरीको तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट रिफारिस भई आएको आधारमा जिल्ला सुरक्षा समितिले राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आज (सोमवार) राति ११ बजेदेखि लागु हुने निषेधाज्ञा जारी राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भदौ २२ गते मध्य रातिसम्मका लागि राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रभरि निषेधाज्ञालार्ई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।

उनकाअनुसार तीन वटै स्थानीय तहमा अत्यावश्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी र फलफुलका पसलहरु समेत विहान ५ बजेदेखि विहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाउनेछ । अन्य स्थानीय तहमा भने कोभिड–१९ को संक्रमण रोकथाम गर्न नेपाल सरकारबाट जारी गरिएको निर्देशनहरुको पालना हुने गरी अत्यावश्यक पसलहरु मात्रै सञ्चालन गर्न भनिएको छ ।
यसअघि जिल्लाभरि जारी गरिएको निषेधाज्ञा आज (सोमवार) राति ११ बजे सकिदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस