कक्षा १२ को नतिजा सार्वजनिक

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो।

बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताइएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस