सप्तरीमा शनिवार पनि १० महिलासहित २८ जनामा कोरोना पुष्टि

राजविराज । सप्तरीमा शनिवार मात्रै १० महिलासहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज र बोदे बरसाईन नगरपालिका तथा तिरहुँत गाउँपालिकामा संक्रमित थपिएका छन् ।

शनिवार सवैभन्दा बढी तिरहुँत गाउँपालिकामा संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । सो गाउँपालिकाका ७ महिला र ९ पुरुष गरी १६ जनामा संक्रमण देखिएको हो ।

वडा नम्वर १ का १ पुरुष र वडा नम्वर २ का ७ महिला र ८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसैगरी, राजविराज नगरपालिकामा पनि ३ महिला र ६ पुरुष गरी ९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार राजविराज वडा नम्वर ४ का २ महिला र १ जना पुरुष, वडा नम्वर ३ का १ जना पुरुष, वडा नम्वर ८ का १ महिला र ३ पुरुष तथा वडा नम्वर ५ का १ पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी, बोदे बरसाईन नगरपालिकामा पनि ३ जना संक्रमित थपिएका छन् । वडा नम्वर ६ का २ जना र वडा नम्वर ८ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए । योसहित सप्तरीमा शनिवारसम्म संक्रमितको संख्या ८९८ पुगेको छ ।

छ जना निको भएर घर फर्किए

शनिवार छ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । शुक्रवारसम्म ६३८ जना भएको थियो भने छ जना थपिएर निको हुनेको संख्या ६४४ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । सप्तरीमा हालसम्म संक्रमणबाट ८ जनाको ज्यान गइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस