निजामती सेवा दिवसः सप्तरीमा विरामी र बालबालिकालाई फलफूल वितरण

राजविराज, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा आज सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अगुवाइमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।

सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।

यसअघि हिजो (सोमवार) मात्रै दिवसको अवसरमा सबै सरकारी कार्यालयमा सरसफाइ गरिएको छ भने आज साँझ ७ बजे सबै सरकारी कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस