समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दुई दिनको समय दिइयो

जनकपुरधाम । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन दुई दिनको समय दिइएको छ ।

जसअनुसार दलहरूले असोज २ र ३ मा निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । बन्द सूची लिनका लागि आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ।

दलहरूले उम्मेदवारको नाम रहेको बन्द सूची पेश गर्दा समावेशी सिद्धान्तअनुसार कानून बमोजिम आवश्यक काजगात पेश गर्नुपर्ने हुन्छ। आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले कागजात अपुग भए बन्द सूची दर्ता नगरिने बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस