दशगज्जा क्षेत्रमा वेवारिसे शव भेटियो

राजविराज, २९ भदौ । सप्तरीस्थित दशगज्जा क्षेत्रमा बुधवार विहान एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।

तिलाठी कोइलाडी–१ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब १ सय ५० मिटर पुर्वतर्फबाट सो शव बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दशगज्जा क्षेत्रबाट फेला परेको सो शव पहाडे मुलका जस्तो हुलिया रहेको उनले मधेशलाइभलाई बताए । ‘पहाडे मुलका जस्तो हुलिया छ, हामीले पहिचानका लागि सबैतिर रिले गरेका छौं’ उनले भने, ‘शवबारे थप अनुसन्धान भइरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस