जनकपुरधाम – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।
प्रवक्ता पोखरेलद्वारा विज्ञप्तिमा जोशीको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशास्थित कूटनीतिक नियोगहरुमा मंगलबार बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको जनाइएको छ ।