धनुषा–२ : कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा – धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गरे भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त ल्याए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गरे । जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार ९०१ मत प्राप्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस