सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमण

२०७७ भदौ २५
राजविराज । सप्तरीका एसपी र डिएसपीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट विहिवार साँझ आएको रिपोर्टमा एसपी र डिएसपीमा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएका हुन् । यसैगरी, डिएसपीको भदौ १५ गते नै सरुवा भइसकेको छ । घर जान जानको लागि परीक्षण गराएपछि रिपोर्ट पोजेटिभ आएको उनले बताए । यद्यपी, कुनै लक्षण नरहेको जानकारी दिए ।

योसहित सप्तरीमा हालसम्म ५४ जना प्रहरी कोरोना संक्रमित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका १९ र २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराजका ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा यसअघि विहिवारै कैदीबन्दी, स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस