रौतहट–२ का स्वतन्त्र सांसद किरणकुमार साह एमाले प्रवेश

जनकपुरधाम – रौतहट–२ बाट सङ्घीय सांसदमा स्वतन्त्रबाट निर्वाचित किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार साहले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पूर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस