सातै प्रदेशका डिआइजीको सरुवा, मधेशमा वसन्तबहादुर कुँवर

जनकपुरधाम – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले गरेको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।

मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी खटाइएको छ भने कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन्। भीमप्रसाद ढकाललाई कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा पठाइएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी अशोक सिंहलाई दिइएको छ। प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मेवारी पाएका छन् भने बुद्धिराज गुरुङलाई गण्डकी प्रदेशको जिम्मा दिइएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको नेतृत्व गरेका श्यामलाल ज्ञवालीलाई प्रदेश १ प्रहरी कार्यालय, विराटनगर र विमानस्थलको जिम्मेवारी किरण राणालाई खटाइएको छ। विशेष ब्युरोको जिम्मेवारी सुदीप गिरीले सम्हाल्ने छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780