सप्तरीमा थप १४ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या ७५०

२०७७ भदौ ३१
राजविराज । सप्तरीमा आज थप १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै सप्तरीमा कोरोना मुक्त हुनेको संख्या ७५० पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार मंगलवारसम्म ७३६ जना डिस्चार्ज भएको थियो । आज बोदे बरसाईन नगरपालिकाको ३३ जनाको पिसीआर परीक्षण रिपोर्ट आएको उनले बताए । जसमा सवै जना नेगेटिभ छन् ।

यसअघि आजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत खडक नगरपालिका–३ का एक युवकको मृत्यु भएको छ ।

उनमा भदौ २८ गते नै कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस