भारतमा ५० लाख २० हजार कोरोना संंक्रमित

क्रोना चेकजाचमा खटिएका डाक्टरहरु

२०७७ असोज १
जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार १०२ कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५० लाख २० हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी, हालसम्म ८२ हजार ६६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

कोरोना संक्रमणको इपिसेन्टर बनेको भारतमा दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको छ । सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस