विराटनगर– कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा भएको छ। सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार सरकारले सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी रहेको छ ।
चाहेजति गर्न नसके पनि यस अवधिमा सरकारले गति लिनेगरी केही महत्त्वपूर्ण काम भएको मुख्यमन्त्री कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले सरकारको मुख्य उपलब्धि नै प्रदेश नामकरण भएको बताएका छन् ।