बारा–२ मा पाँच हजारभन्दा बढी मतान्तरले उपेन्द्र यादव निर्वाचित

बारा – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन् ।

यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे । त्यस्तै सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा ६५ दशमलव ३९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस