बारा–२ मा उपेन्द्रले कटाए २० हजार मत

बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २० हजार मत कटाएका छन् । ५० हजार १६१ मत गन्दा यादवले २० हजार ४६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७ हजार ७९८ मतकासाथ पछ्याइरहेका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ४६६ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा ६९ हजार १०७ मत खसेको थियो । सो क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस