जित्ने विश्वस्त भएरै चुनाव लडेको हुँ : उपेन्द्र यादव

कलैया – जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा–२ उम्मेदवार उपेन्द्र यादवले जित्ने विश्वस्त भएरै चुनाव लडेको बताएका छन् ।

मंगलबार कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि थप प्रतिक्रिया दिने बताए ।

‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन्’ यादवले भने ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु । ’

उनले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । ‘जित्ने विश्वस्त भएरै चुनाव लडेको हुँ’ उनले भने ।

प्राप्त पछिल्लो मत मतपरिणामअनुसार यादव फराकिलो मतान्तरसाथ अगाडी छन् । ३५ हजार ३१३ मत गन्दा यादवले १५ हजार १८३ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ९५ मत पाएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो । बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

तस्बिरः वैद्यनाथ यादव/सञ्चारकर्मी

 

Author:



क्याटोगरी छान्‍नुहोस