चितवन–२ बाट भारी मतान्तरले रवि लामिछाने फेरी निर्वाचित

जनकपुरधाम – उपचुनावमा पनि चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित भएका छन् । उनी यसअघि गत मंसिर ४ को चुनावमा पनि ४९ हजार ३ सय मत ल्याएर निर्वाचित भएका थिए ।

केही बेर अघि सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका छन् । लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरे । उनीहरुबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ ।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन–२ मा उपनिर्वाचन भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस